सेतो गुराँस बालविकास सेवा रुपन्देहीले विहिवार बुटवलमा बाल अधिकार ,बाल संरक्षणमा स्थानीय सरकार र नगारिक समाजको भूमिका विषयक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष एवं सेतो गुराँस बालविकास सेवा रुपन्देहीका अध्यक्ष ओमी कला गाँहा,कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय बालअधिकार परिषदक पूर्व अध्यक्ष मिलन धरेलले लैंगिंक हिंसा बिरुद्धको अभियान दिवसको राष्ट्रिय नारा “ लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यवद्धता”मा ऐक्बद्धता जनाउदै संयुक्त हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरि बालबालिकाको सवालम हामी सबै एक छौ भन्ने सन्देश दिनुभएको हो ।

किडासाका कार्यक्रम संयोजक संजय आत्रयले किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा , सेतो गुराँस बालविकास सेवा रुपन्देहीको संयोजनमा संचालित समुदायमा आधारित बाल संरक्षण परियोजना बारे जानकारी ,सहकार्य समन्वय गर्दे परियोजनाको उद्धेश्य पुरा गर्न अभिखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले किडासा अन्तराष्ट्रिय गैर सरकारी संस्था भएको र यस संस्थाले नेपालमा विगत लामो समयदेखि बालबालिकालाई प्राथमिकतामा राखि उनिहरुको सवालमा काम गर्दै आएको बताउनु भयो । गैर सरकारी संस्थाले सदैव सरकारको छाया बनेर हरेक विषयमा सरकारलाई सहयोग गर्ने क्रममा किडासाले स्थानिय सरकार बुटवल उपमहानगरगपालिका सँग सहकार्य गरि यस क्षेत्रका बालबालिकाको अधिकार र संरक्षणमा काम गर्न स्थानीय सरकारका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिलाई विशेष आग्रह गर्नुभयो ।
सेतो सुराँस बालविकास सेवा रुपन्देहीका समुदायमाआधारित बाल संरक्षण परियोजना संयोजक प्रदिप रानाले यो परियोजना सन २०२३ देखि २०२५ सम्म दुई वर्ष संचालनहुने बताउदै परियोजनाअन्र्तगत रहेर हालसम्म गरिएका गतिविधि र आगमी दिनमा गरिने योजना तथा सेतो गुँरास बालविकास सेवा रुपन्देहीको संस्थागत संरचनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

परियोजना बारे बिस्तृत जानकरी पश्चात राष्ट्रिय बालअधिकार परिषदका पूर्व अध्यक्ष मिलन धरेलले नेपाल सरकारले बालअधिकार सम्बन्धि अनुमोदन गरेको महासन्धि, सरकारबाट निर्माण गरिएका नीति,कार्यविधि र कार्यान्वयनको अवस्थाबारे बताउदै समय अनुसार परिमार्जन गरिनुपर्ने नीति, कार्यविधि र कार्यान्वयनमा स्थानीय सरकार,नागरिक समाजको जिम्मेवारी ,भूमिकाबारे बताउदै अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । उहाँले बालअधिकारको क्षेत्रमाकार्यरत संस्था,नागरिक समाजवा सरकारी कार्यालयका प्रतिनिधिले कानुम ाउल्लेख भएअनुसार व्यवाहारमा उतारेर कामगर्दा बालबालिकाको संरक्षणमा सहयोग पुग्ने र कार्यशैलिमा विवादित नहुने बताउदै सोहीअनुसिार कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधिले बुटवल र रुपन्देही क्षेत्रमा रहेका बालबालिकाको अवस्था,अवको आवश्यकता ,कार्य अनुभवबारे बताउदै परियोजनाले गर्ने कार्य र कार्यक्रममा जानकारी भएका विषयलाई पूर्णरुपमा कार्यान्वगर्ने प्रतिवद्धता जनाएका थिए ।

सेतो गुराँस बालविकास सेवा रुपन्देहीका अध्यक्ष ओमीकला गाँहाको अध्यक्षता ,कोषाध्यक्ष दिपा सुनारको स्वागत तथा समुदायमा आधारि बालसंरक्षण परियोजनाका संगीता सुनार जीआरको संचालमा सम्पन्न अभिमूखिकरण कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका मानव अधिकार अधिकृत दिपक ठाकुर,महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देहीका अध्यक्ष समिता मल्ल, आफन्त नेपालका म्यानेजर उषा गुरुङ्ग,सुनगाभा सामुदायिक विकास केन्द्रका सचिव हेमा बेलवासे लगायतले बाल अधिकार र बाल संरक्षणका विषयमा नागरिक समाजको कर्तव्य र जिम्म्ोवारी महत्वपूर्ण भएको र यो अभियानमा संगै कार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।


कल्पना तिवारीद्वारा रेडियो मुक्ति बाट सन्दर्भ
२२ मंसिर,रुपन्देही बुटवल

Leave a Reply